बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेलिकोप्टर दुर्घटनामा चर्चित खेलाडी कोबेसहित ९ को मृत्यु

हेलिकोप्टर दुर्घटनामा चर्चित खेलाडी कोबेसहित ९ को मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा भएको हेलिकोप्टर दुर्घटना परेर बास्केटबलका चर्चित खेलाडी कोबे ब्राउटसहित ९ जनाको मृत्यु भएको छ ।
 |  सोमबार, माघ १३, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ १३, २०७६

एजेन्सी- अमेरिकामा भएको हेलिकोप्टर दुर्घटना परेर बास्केटबलका चर्चित खेलाडी कोबे ब्राउटसहित ९ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान निजी हेलिकोप्टरमा सवार कोबे, उनकी १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर अस्वभाविक रुपले तल उड्नाका साथै चर्काे आवाज निकालेको थियो। हुस्सुका कारण दृश्य स्पष्ट नभए पनि केहीबेरमै हेलिकाेप्टर बल्न थालेकाे प्रत्यक्षदर्शीलाई उधृत गर्दै लस एन्जलस टाइम्सले जनाएको छ। 

हेलिकाेप्टरमा अरेन्ज कोस्ट कलेजका बेसबल कोच जोन एल्टोबेली समेत सोही हेलिकप्टरमा रहेको कलेजले दाबी गरेको छ। तर सरकारी अधिकारीले भने कोबे र उनकी छोरी बाहेक पाइलट र अन्य यात्रुको जानकारी सार्वजनिक गरेको छैन। 

दुर्घटना अमेरिकी समय अनुसार आइतबार बिहान दस बजे लस भर्जेनस रोड र क्लबाससको विलो ग्लेन स्ट्रिट नजिक भएको हो। दुर्घटना लगत्तै पुगेको अग्नि नियन्त्रकसहित ५६ जनाको टोलीलाई आगो निभाउन हम्मेहम्मे परेको थियाे । 

हेलिकप्टर बायन्ट बस्ने अरेन्ज काउन्टीबाट उडेको थियो। दुर्घटनाबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

कोबे अमेरिकाको नेशनल बास्केटबल एसोसियसन अन्तर्गत् लस एन्जलस लेकर्समा आवद्ध खेलाडी थिए। स्कूले जीवनदेखि नै एनबीएमा आवद्ध उनी पाँचपटक राष्ट्रिय च्याम्पियन बनेका छन्। त्यस्तै अठारपटक अल स्टार घोषित भएका छन् ।

 

प्रकाशित: Jan 27, 2020| 07:53 सोमबार, माघ १३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।