काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं प्रवेश गरेका एक अमेरिकी नागरिकलाई कोरोना भाइरसको आशंकामा सिधै अस्पताल पठाइएको छ।
विमानस्थलमा सुरु गरिएको हेल्थ डेस्कको थर्मल स्क्यानरले ती नागरिकमा ज्वरो आएको देखाएपछि उनलाई सिधै सहिद शुक्रराज सरुवा रोग अस्पताल टेकु पठाइएको हो।
विमानस्थलमा राखिएको हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेले नेपाल प्रवेश गर्दै गरेका अमेरिकी नागरिकमा ज्वरो देखिएपछि अस्पताल पठाइएको पुष्टि गरे।
चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय विभिन्न देशहरुमा देखिन थालेपछि सरकारले विमानस्थलमै हेल्थ डेस्क राखेको हो।
भाइरस संक्रमणको आशंका लागेका व्यक्तिलाई सिधै अस्पताल पुर्याएर स्वास्थ्य चेकजाँच गराउने गरी यो सेवा सुरु गरिएको हो।