बुधबार, भदौ ३, २०८३

दीपक मनाङे ६ हजार धरौटीमा छुटे

अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गर्ने गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे धरौटीमा रिहा भएका छन्।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

कास्की- अखिल नेपाल फुटबल संघ (एन्फा) का कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गर्ने गण्डकी प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे धरौटीमा रिहा भएका छन्।

जिल्ला अदालत कास्कीले मनाङेलाई ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि सांसद मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।

मनाङेले आफूमाथि हातपात गरेपछि गुरुङले ज्यान सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले सांसद मनाङेलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो।

मुख्यमन्त्री कपको उद्घाटन शत्रअघि मंगलबार मनाङेले गुरुङमाथि मुक्का र लात्ती प्रहार गरेका थिए।

प्रकाशित: Jan 26, 2020| 18:05 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।