बुधबार, भदौ ३, २०८३

२९ राउण्ड गोलीसहित पोखरा बिमानस्थलबाट १ जना पक्राउ

प्रहरीले २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं- प्रहरीले २९ राउण्ड गोलीसहित पोखरा विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ।

चेकजाँचका क्रममा राइफलमा प्रयोग हुने गोलीसहित पोखरा महानगरपालिका–२७ रिट्ठेपानीका ४० वर्षीय जितु शाही पक्राउ परेको प्रहरीले जनाएको छ।

चेकजाँचका क्रममा शाहीको झोलाबाट गोली फेला परेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए।

शाहीको साथमा भेटिएको गोली २२ बोर राइफलमा प्रयोग हुने रहेको केसीले जानकारी दिए।

केसीकाअनुसार शाही यति एअरको उडानमार्फत काठमाडौँ उड्न लागेका थिए। प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: Jan 26, 2020| 17:44 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।