बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • त्रिभुवन विमानस्थलमा उच्च सतर्कता, सबै यात्रुको ज्वरो परीक्षण

त्रिभुवन विमानस्थलमा उच्च सतर्कता, सबै यात्रुको ज्वरो परीक्षण

शुक्रबारबाट सञ्चालनमा ल्याइएको उक्त स्क्यानरले विमानस्थलमा अवतरण गर्ने सबै विमानका यात्रुहरुको इमिग्रेसनमा जानुअघि नै अटोम्याटिक रुपमा ज्वरो नाप गर्छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएसँगै सतर्कता अपनाइएको छ। जोखिम न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कमा थर्मल स्क्यानर मेसिन जडान गरेको छ।

शुक्रबारबाट सञ्चालनमा ल्याइएको उक्त स्क्यानरले विमानस्थलमा अवतरण गर्ने सबै विमानका यात्रुहरुको इमिग्रेसनमा जानुअघि नै अटोम्याटिक रुपमा ज्वरो नाप गर्छ ।

विमानस्थलस्थित हेल्थ डेस्कका संयोजक गोपाल पाण्डेका अनुसार कोरोना इन्फेक्सनको प्रारम्भिक लक्षण भनेको ज्वरो आउनु हो । त्यसैले थर्मल स्क्यानरले ज्वरोको परीक्षण गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को समन्वयमा ल्याइएको सो मेसिनले जहाजबाट ओर्लेर टर्मिनल छिर्दै गरेका सबै हवाई यात्रुको फेस अटोमेटिक रुपमा डिटेक्ट गरी ज्वरो परीक्षण गर्छ ।

यसअघि विमानस्थलस्थित हेल्थ डेस्कका कर्मचारीले चीन, थाइल्याण्ड, जापान र कोरियाबाट आएका शंकास्पद यात्रुको मात्रै स्वास्थ्य परीक्षण गर्ने गरेका थिए। अब भने सबै देशबाट आएका हवाई यात्रुको ज्वरो परीक्षण हुन थालेको हो। शुक्रबारदेखि अहिलेसम्म एउटा पनि केस पोजेटिभ नभेटिएको पाण्डेले बताए ।

चीनमा डिसेम्बर ३१, २०१९ मा पहिलो पटक देखिएको थियो कोरोना भाइरस। अहिलेसम्म चीनमा मात्रै ५६ जनाको ज्यान गइसकेको छ भने २ हजारभन्दा बढीमा संक्रमण भएको बताइएको छ ।

प्रकाशित: Jan 26, 2020| 17:10 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।