बुधबार, भदौ ३, २०८३

भट्टराईदेखि सापकोटासम्म सभामुख : को कहिले ?

सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ भने विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाले पनि सापकोटाको विरुद्धमा आवाज उठाइरहेका छन्।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– प्रतिनिधिसभाको आठौं सभामुखको रुपमा सत्तारुढ दल नेकपाका सांसद तथा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।

द्वन्द्वकालिन मुद्दामा मुछिएका सापकोटा निकै सकसका बीच सभामुख बनेका हुन्। गत असोजमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुखको उम्मेदवार कसलाई बनाउने भनेर नेकपाभित्र निकै माथापच्ची चल्यो। प्रवल दाबेदारहरु सुवास नेम्वाङ, देव गुरुङ र शिवमाया तुम्बाहाङ्फेलाई पाखा लगाउँदै सापकोटाले सभामुखमा बाजी मारेका छन्।

सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ भने विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाले पनि सापकोटाको विरुद्धमा आवाज उठाइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि यसबारे प्रश्न उठाएको छ। माओवादी द्वन्द्वकालमा व्यक्ति हत्या गरेको आरोप सापकोटामाथि छ।

उनको दल नेकपा अहिले झण्डै दुईतिहाइ बहुमतका साथ प्रतिनिधिसभामा छ। राजपाले पनि समर्थन गरेपछि सापकोटाको पक्षमा दुईतिहाइ मत भएको थियो। जसकारण अरु दलले सभामुखमा उम्मेदवारी नै दिएनन्।

नवनिर्वाचित सभामुख सापकोटा प्रतिनिधिसभाको आठौं सभामुख हुन्। प्रतिनिधिसभाको पहिलो सभामुख नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई भएका थिए।

उनी गोर्खाबाट चुनाव हारे पनि सर्वसम्मत रुपमा सभामुख चयन भएका थिए। त्यसबेलाको संविधानमा निर्वाचित व्यक्ति नै सभामुख हुनुपर्ने व्यवस्था नभएकाले भट्टराई सभामुख भएको नेपालको संसदीय व्यवस्थाबारेका जानकार पत्रकार जगत नेपाल बताउँछन्।

नेपालको प्रतिनिधिसभाको दोस्रो सभामुखका रुपमा कांग्रेसकै दमननाथ ढुंगाना निर्वाचित भए। २०४८ देखि ०५१ सम्म उनी सभामुख भए।

तेस्रो सभामुख पनि नेपाली कांग्रेसकै रामचन्द्र पौडेल थिए। उनी २०५१ देखि ०५६ सालसम्म सभामुख रहे।

नेपालको चौथो सभामुख कांग्रेसका तारानाथ रानाभाट भए। उनी २०५६ देखि २०५९ सम्म सभामुख भएका थिए।

नेपालको पाँचौं सभामुख एवं पहिलो संविधानसभाका अध्यक्ष तत्कालिन नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङ भएका थिए। उनी दुई पटक सभामुख भएका हुन्।

त्यसपछि सभामुख बनिन् तत्कालिन माओवादीकी नेतृ ओनसरी घर्ती। उनी नेपालको छैठौं सभामुख हुन्।

प्रतिनिधिसभाको सातौं सभामुखको रुपमा कृष्णबहादुर महरा चयन भएका थिए। तर, उनले कार्यकाल पूरा गर्न पाएनन्। बलात्कार प्रयासको आरोप लागेपछि उनले एक वर्षमै राजीनामा दिनुपर्यो। उनी अहिले पुर्पक्षका लागि जेलमा छन्।

आज (०७६ माघ १२ गते) प्रतिनिधिसभाले आठौं सभामुखको रुपमा अग्निप्रसाद सापकोटालाई पाएको छ। सापकोटा अब ३ वर्षमा पदमा रहनेछन्।

प्रकाशित: Jan 26, 2020| 16:43 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।