बुधबार, भदौ ३, २०८३

सापकोटा सभामुख निर्वाचित, अर्को बैठक १४ गते

 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा अनुमोदित भएका छन्। प्रतिनिधिसभाको आजको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सभामुखका लागि सापकोटाको मात्र उम्मेदवारी परेकोले उनी निर्विरोध रुपमा सभामुख भएको घोषणा गरेका हुन्।

त्यसअघि सभामुखका प्रस्ताव, समर्थक तथा प्रतिपक्षी दलका सांसदले बोलेका थिए। नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

त्यसपछि प्रस्तावक देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गरेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही माघ १४ गते बस्नेछ।

प्रकाशित: Jan 26, 2020| 15:50 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।