बुधबार, भदौ ३, २०८३

‘कांग्रेस कमण्डलु लिएर उपसभामुख माग्दैन’

नेपाली कांग्रेसले कमण्लु लिएर उपसभामुख नमाग्ने टिप्पणी गरेको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– नेपाली कांग्रेसले कमण्लु लिएर उपसभामुख नमाग्ने टिप्पणी गरेको छ। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले आफूहरु कमण्डलु लिएर उपसभामुख नमाग्ने दाबी गरेका हुन्।

उपसभामुख पाउने उद्देश्यले सभामुखमा उम्मेदवारी नदिएको कुरा गलत भएको रिजालले बताएका छन्। उनले संविधानमा फरक फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने व्यवस्थाबारे चर्चा गर्दै उपसभामुख कसलाई दिने भन्ने विषय नेकपाको विवेकमा रहेको बताए।

‘सरकार संसदप्रति सधैँ उत्तरदायी हुनुपर्छ भन्ने मूल्यमान्यता बुझेको मान्छे सभामुख हुनुपर्छ भन्ने कांग्रेसको धारण हो। सभामुख छान्दै गर्दा हिजो यही पदमा आसिन मान्छे जेल गएको कुरा पनि कसले भुल्नु हुँदैन। अग्निप्रसाद सापकोटाले आफूमाथि आम मानिसले गरेको आशंका दूर गर्न सक्नुपर्छ। यदि त्यस्तो आशंका दूर गर्न सके हाम्रो साथ सहयोग रहन्छ । नत्र भने विचार गर्नुपर्ने अवस्था आउन सक्छ,’ रिजालले भने।

प्रकाशित: Jan 26, 2020| 15:39 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।