बुधबार, भदौ ३, २०८३

शोक प्रस्ताव थाती राखेर सापकोटा अनुमोदन हुँदै

प्रतिनिधिसभाबाट अग्नी सापकोटा सभामुखमा अनुमोदन हुँदैछन्।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं- प्रतिनिधिसभाबाट अग्नी सापकोटा सभामुखमा अनुमोदन हुँदैछन्।

प्रतिनिधिसभाको आजको कार्यसूची अनुसार नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्बाङ्गले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि प्रस्तावक देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण र ओनसरी घर्तीले समर्थन गर्नेछिन्।

सभामुखको निर्वाचनमा सापकोटा एक्ला उम्मेदवार भएकाले उनी आजकै बैठकबाट अनुमोदन हुनेछन्।

यता पूर्वसांसद गम्भीरजंग कार्कीको निधन भएपछि संसदको बैठकमा शोक प्रस्ताव पारित गर्नुपर्ने थियो। तर, कार्यसूचीमा शोक प्रस्ताव समावेश भएको छैन।

शोक प्रस्ताव पारित भएपछि संसद बैठक स्थगित गर्ने प्रचलन रहेको छ।

प्रकाशित: Jan 26, 2020| 14:19 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।