बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारी एम्बुलेन्समा लागु औषध ओसारपसार, ३० किलो गाँजासहित तीनजना पक्राउ

सरकारी एम्बुलेन्समा लागु औषध ओसारपसार, ३० किलो गाँजासहित तीनजना पक्राउ

सरकारी एम्बुलेन्स नै लागुऔषध ओसार्न प्रयोग हुने गरेको पाइएको छ । रौतहट डुमरिया स्वास्थ्य चौकीको
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं- सरकारी एम्बुलेन्स नै लागु औषध ओसार्न प्रयोग हुने गरेको पाइएको छ। रौतहट डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्स साढे ३० किलो गाँजासहित समातिएसँगै यसको खुलासा भएको हो।

एम्बुलेन्समा हालेर साढे ३० किलोग्राम लागु औषध गाँजा मनहरीबाट हेटौंडातर्फ लैजाँदै गरेकाे अवस्थामा मकवानपुर प्रहरीले शनिबार बेलुका ३ जनालाई पक्राउ गरेको छ।

हेटौडा उपमहानगरपालिका–१९ स्थित ईलाका प्रहरी कार्यालय नेवारपानी अगाडि पूर्व पश्चिम लोकमार्गमा चेकजाँचका क्रममा एम्बुलेन्सबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहट डुमरीया नगरपालिका–९ का ३९ वर्षीय महमद खलिद, एम्बुलेन्समा सवार डुमरीया–४ का १९ वर्षीय अशोक कुमार र भारत बिहार मोतिहारीका २२ वर्षीय बिनोद सहनी छन्।

एम्बुलेन्समा लुकाई छिपाई ल्याएको ३ वटा झोला भित्र ६ वटा पोकामा ३० किलो ६०० ग्राम लागू औषध गाँजा र नेपाली रूपैयाँ ९१ हजार र भारतीय रूपैया २ हजार २ सय फेला परेको उनले जानकारी दिए ।

प्रहरी नायव निरीक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो। मकवानपुर प्रहरीले पछिल्लो करिव एक महिनाको अवधिमा ट्रक, कार र मोटरसाईकल गरी ५ वटा सवारी साधनमा एक क्वीन्टल बढी गाँजा र १२ जनालाई पक्राउ गरेको छ।

 

प्रकाशित: Jan 26, 2020| 12:08 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।