बुधबार, भदौ ३, २०८३

प्रदेश २ सरकारमा राजपा र समाजवादीको किचलो

संघीय सरकारबाट समाजवादी पार्टीको बहिर्गमन र राष्ट्रिय सभा निर्वाचनमा नेकपा- राजपा सहकार्यको असर प्रदेश- २ सरकारमा परेको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं– संघीय सरकारबाट समाजवादी पार्टीको बहिर्गमन र राष्ट्रिय सभा निर्वाचनमा नेकपा- राजपा सहकार्यको असर प्रदेश- २ सरकारमा परेको छ।

प्रदेश–२ सरकारमा अहिले राजपा नेपाल र समाजवादी पार्टीको सरकार छ। तर, सरकारमा रहेका मन्त्रीहरु एक आपसमा आरोप प्रत्यारोपमा ओर्लिएका छन्।  

समाजवादीका तर्फबाट प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र साहले राजपाका मन्त्रीहरुलाई भ्रष्टाचारको आरोप लगाउँदै मन्त्री फेर्नु पर्ने बताएका छन्।

साहले भ्रष्टाचारको आरोप लगाएपछि प्रदेश २ सरकारमा रहेका राजपाका मन्त्रीहरुले पनि विभिन्न आरोप लगाउँदै छानविनको माग सुरु गरेका छन्।

प्रदेश २ सरकारमा राजपाबाट उद्योग राज्य मन्त्री सुरेश मण्डलले प्रदेश सरकारद्वारा खरिद भएको साइकलमा अनियमितता भएको भन्दै छानविनको माग गरेका हुन्।

मन्त्री मण्डलले भने, ‘साइकल खरिदमा भ्रष्टाचार भएको छ। छानविनको सुरु त्यहींबाट हुनु पर्छ। भैंसी खरिद, राहत सामाग्री खरिदमा पनि भ्रष्टाचार भएको छ। योजना वितरण गर्नुअघि नै पैसा लिएको सुनिन्छ।’

मुख्यमन्त्री राउतले आफैंबाट भ्रष्टाचारको छानविनको सुरु गर्नु पर्ने बताउँदै मन्त्री भण्डलले भने,‘कुन मन्त्रीलाई हटाउने वा राख्ने विषय अगाडि सार्नुभन्दा पहिले मुख्यमन्त्रीले आफैंबाट छानविन अगाडि बढाउनु पर्छ।’

सरकारभित्र देखिएको विवादका विषयमा मन्त्री मण्डलले भने, ‘राष्ट्रिय सभाको चुनावमा पराजयपछि समाजवादीका साथीहरुको बौखलाहट बाहिर आएको हो। उहाँहरु हारको पीडालाई ढाकछोप गर्न यस्तो अभिव्यक्ति दिंदै हुनुहुन्छ।’

यता राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले प्रदेश २ सरकारमा कुनै फेरबदल नहुने बताएका छन्।

प्रदेश २ सरकारबाट राजपाका मन्त्रीहरुको फेरबदल हुन लागेको हल्लालाई निराधार भन्दै यादवले भने,‘प्रदेश २ को अहिलेको सरकार ५ वर्षसम्म चल्छ। कुनै मन्त्री फेरबदल हुँदैन।’

प्रकाशित: Jan 26, 2020| 11:51 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।