बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सापकोटाविरुद्धको रिटको सुनुवाइ सर्‍यो, अर्को पेसी तोकिने

सापकोटाविरुद्धको रिटको सुनुवाइ सर्‍यो, अर्को पेसी तोकिने

सर्वोच्चको न्यायाधीश हुनुअघि फुयाँलले कानुन व्यवसायीको हैसियतले सापकोटाविरुद्धको मुद्दामा बहस गरेका कारण उनले सो मुद्दा हेर्न नमिल्ने भएको भएको हो।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौं। सत्तारुढ दल नेकपाका सांसद अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ नहुने भएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलाशमा उक्त मुद्दाको पेशी आजका लागि तोकिएकोमा फुयाँलले मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ नहुने भएको हो।

सर्वोच्चको न्यायाधीश हुनुअघि फुयाँलले कानुन व्यवसायीको हैसियतले सापकोटाविरुद्धको मुद्दामा बहस गरेका कारण उनले सो मुद्दा हेर्न नमिल्ने भएको भएको हो। आज नहुने रिटको सुनुवाइ भोलि हुने सर्वोच्चले जनाएको छ।

अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सापकोटालाई सभामुख बनाउन रोक्न माग गर्दै रिट दायर गरेका थिए।

आज नै सापकोटा प्रतिनिधिसभाको सभामुख घोषित हुँदैछन्। सभामुखका लागि उनको मात्रै उम्मेदवारी दर्ता भएको छ।

प्रकाशित: Jan 26, 2020| 11:41 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।