बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अग्‍नि सापकोटाविरुद्धको रिटमाथिकाे सुनुवाइ पहिलो नम्बरमा

अग्‍नि सापकोटाविरुद्धको रिटमाथिकाे सुनुवाइ पहिलो नम्बरमा

सभामुखका उम्मेदवार अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै परेको रिटमाथि आज (आइतबार)बाट प्रारम्भिक सुनुवाइ सुरु भएको छ ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

काठमाडौँ- सभामुखका उम्मेदवार अग्नि सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै परेको रिटमाथि आज (आइतबार)बाट प्रारम्भिक सुनुवाइ सुरु हुँदैछ ।

न्यायाधीश हरि फुयाँलको एकल इजलासमा रिटमाथिको सुनुवाइ हुन लागेकाे हो । इजलासको पहिलो नम्बरमै मुद्दाको पेशी रहेकाले कार्यालय खुल्ने वित्तिकै उनको सुनुवाइ प्रारम्भ हुने सर्वोच्च प्रशासनले जनाएको छ ।

शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हत्या आरोपी सापकोटालाई तत्काल पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग गर्दै रिट दायर गरेका थिए ।

यसैगरी, सापकोटालाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई कारवाही गर्न र सापकोटाको विषयमा विशेष छानविन समिति बनाउने आदेश दिन पनि रिटमा माग गरिएको छ।

सापकोटा काभ्रेका अर्जुन लामाको अपहरण तथा हत्याका आरोपी हुन्। २०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामालाई अपहरण गरेर हत्या गरेको उनीमाथि आरोप छ।

यससम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ। मुद्दाको पेसी भने यही माघ २२ गतेका लागि तोकिएको छ।

आजै सभामुखको निर्वाचन हुँदैछ । सभामुखको एकल उम्मेदवार रहेका सापकोटा निर्विरोध निर्वाचित हुने निश्चित छ ।

प्रकाशित: Jan 26, 2020| 10:53 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।