बुधबार, भदौ ३, २०८३

सुदूरपश्चिममा आत्महत्या बर्सेनि बढ्दो

सुदूरपश्चिम प्रदेशमा आत्महत्या बर्सेनि बढ्दै गएको छ।
 |  आइतबार, माघ १२, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १२, २०७६

धनगढी– सुदूरपश्चिम प्रदेशमा आत्महत्या बर्सेनि बढ्दै गएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलको पछिल्ला तीन वर्षको तथ्यांकले आत्महत्या बढिरहेको देखाएको छ। तथ्यांक अनुसार आर्थिक वर्ष ०७३÷७४ मा चार सय ३२, ०७४÷७५ मा चार सय ९९ र ०७५÷७६ मा पाँच सय तीन जनाले आत्महत्या गरेका छन्।

चालु आर्थिक वर्षको हालसम्म दुई सय आठ जनाले आत्महत्या गरेका छन्।

कैलालीमा सबैभन्दा बढी

सुदूरपश्चिमका नौ जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी आत्महत्या भएको छ।

चालू आर्थिक वर्षमा आत्महत्या गर्नेमध्ये ८७ कैलालीलका छन्। त्यस्तै, कञ्चनपुरमा ६६, बझाङमा १४, बाजुरा र बैतडीमा नौ÷नौ, अछाममा ६, डडेलधुरामा पाँच र डोटीमा एकजनाले आत्महत्या गरेका छन्।

आत्महत्या गर्नेमा किशोरकिशोरीदेखि वृद्धवृद्धासम्म रहेको प्रहरीले जनाएको छ।

गरिबी, पारिवारिक र सामाजिक सम्बन्धमा उतारचढाव तथा मानसिक समस्याका कारण आवेगमा आई आत्महत्या गर्ने बढेको जानकार बताउँछन्।

प्रहरी अधिकारी भने अधिकांशले डिप्रेसनकै कारण आत्महत्या गर्ने गरेको बताउँछन्।

समाजमा हुने सामाजिक र आर्थिक विभेद अन्त्य, मानसिक समस्याको उपचार, जनचेतना, मनोपरामर्श, रोजगारी सिर्जना जस्ता कार्यक्रम सञ्चालन गर्न सकिए आत्महत्या न्यूनीकरण गर्न सकिने जानकारको भनाइ छ।

प्रकाशित: Jan 26, 2020| 10:26 आइतबार, माघ १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।