बुधबार, भदौ ३, २०८३

युवाको प्रश्न– पश्चिम सेती कहिले बन्छ?

वर्षौंदेखि अनिश्चित पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै कचौरामा पश्चिम सेतीको पानी बोकेर माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

काठमाडौंं– वर्षौंदेखि अनिश्चित पश्चिम सेती जलविद्युत आयोजना निर्माणको माग गर्दै कचौरामा पश्चिम सेतीको पानी बोकेर माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

‘पश्चिम सेतीका लागि नागरिक अभियान बोलन्या थली धनगढी’को आयोजनामा शनिबार सुदूरपश्चिमका युवाले विरोध प्रदर्शन गरेका हुन्।

सात सय ५० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने २२ वर्षअघि निर्णय भए पनि अहिलेसम्म काम अघि बढ्न सकेको छैन।

‘आश्वासन अति भो, धैर्य गर्ने कति हो?’, ‘आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छ?’, ‘हिजो आशा म¥यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछ’लगायत नारा लेखिएका प्लेकार्डसहित कचौरा लिएर युवाले प्रदर्शन गरेका हुन्।

अभियान संयोजक यादव जोशीले वर्षौंसम्म आयोजना बन्ने निश्चित नभएपछि आफूहरू कचौरा लिएर माग्न बसेको बताए। आयोजना बन्ने आशमा अन्य काम पनि अगाडि नबढेको उनको भनाइ थियो।

युवा अभियन्ता हेमराज थापाले सरकारले आफै बनाउने भनेको आयोजना बन्ने निश्चित नभएकाले विरोधमा उत्रिनुपरेको बताए।

७ सय ५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजना बनाउन करिव १६ वर्षसम्म अस्ट्रेलियन कम्पनी स्मेक र ६ वर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनले जिम्मेवारी लिए पनि कुनै काम भएको छैन।

 

प्रकाशित: Jan 25, 2020| 16:58 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।