बुधबार, भदौ ३, २०८३

नेकपा अध्यक्षद्वय र कांग्रेस सभापतिबीच छलफल

 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।

शनिबार बिहान नेकपा अध्यक्षद्वय ओली–प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल भएको हो।

तीनै नेताबीच प्रतिनिधिसभा संसद बैठकबारे छलफल भएको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। उनका अनुसार बैठक मध्याह्न १२ बजे सकिएकाे थियाे। 

प्रतिनिधिसभा संसद बैठक भोलि (आइतबार) बोलाइएको छ। बैठकमा सभामुख निर्वाचन प्रक्रिया सुरु हुनेछ।

नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाको मात्रै सभामुखमा उम्मेदवारी परेको छ। तर, उपसभामुख निर्वाचन प्रक्रिया भने अघि बढिसकेको छैन।

प्रकाशित: Jan 25, 2020| 13:36 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।