बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'एमसीसी' राष्ट्रिय हितमा भएमात्र पास हुन्छ : गृहमन्त्री थापा

'एमसीसी' राष्ट्रिय हितमा भएमात्र पास हुन्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुने बताएका छन्।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

सुर्खेत - गृहमन्त्री रामबहादुर थापाले मिलियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा भएका गलत प्रावधान परिमार्जन गरेर मात्र पारित हुने बताएका छन्। सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले एमसीसी राष्ट्रिय हितमा हुनुपर्ने बहस चलिरहेको र सभामुखको घोषणा भएपश्चात् सदनमा प्रस्तुत हुने जानकारी दिए।

उनले एमसिसीमा भएका गलत प्रावधानहरु संशोधन हुनुपर्ने बताए। नेपालको सार्वभौमिकता र स्वतन्त्रतालाई कुण्ठित पार्ने देखिए एमसीसी मान्य नहुनेसमेत उनले बताए।

नेपाल सरकार गृहमन्त्रालय र कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने सुरक्षा गोष्ठीमा सहभागी हुन सुर्खेत आएका गृहमन्त्री थापाले सरकारले आपराध नियन्त्रणलाई प्राथमिकता राखेको बताए। विप्लवलाई मूल प्रवाहमा ल्याउने काम जारी नै रहेको बताउँदै उनले भारतले सार्वजनिक गरेको नयाँ नक्साका कारण उब्जिएको विवाद र त्यसबाट दक्षिणसँग बिग्रेको सम्बन्ध सुधार गर्न कूटनीतिक प्रयास भइरहेको बताए।

प्रकाशित: Jan 25, 2020| 11:17 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।