बुधबार, भदौ ३, २०८३

एक महिनापछि खुल्यो मार्तडी-कोल्टी सडक

बाजुरा जिल्लाको मार्तडी-कोल्टी सडक खण्डमा एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिकाको सहयोग र वडा-७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो।
 |  शनिबार, माघ ११, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ ११, २०७६

बाजुरा - बाजुरा जिल्लाको मार्तडी-कोल्टी सडक खण्डमा एक महिना अगाडिदेखि परेको हिउँ पन्छाएर सडक सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिकाको सहयोग र वडा-७ को समन्वयमा एक महिनादेखि परेको हिउँ हटाएर बाटो खुलाइएको हो।

अघिल्लो महिनादेखि परेको भारी हिमपात र वर्षाले मार्तडी-कोल्टी सडकखण्डअन्तर्गत पर्ने पोरखे लेख र आसपासको क्षेत्रमा हिउँ जमेका कारण सडक अवरुद्ध भएको थियो। शुक्रबारदेखि अवरुद्ध सडक खुला गरिएको नगरपालिका-७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए।

बाजुरामा परेको लगातारको हिमपातका कारण जनजीवन कष्टकर बन्नुका साथै उत्तरी क्षेत्रका चार स्थानीय तहमा दैनिक उपभोग्य सामानको अभाव भएको छ। वडा नं ७ कार्यालयको समन्वय तथा नगरपालिकाको सहयोगमा डोजर लगाएर हिउँ फालिएको वडाध्यक्ष पाध्यायले बताए। चौथो पटकसम्म परेको हिमपातका कारण मार्तडी-कोल्टी सडकखण्ड एक महिना अगाडिदेखि अवरुद्ध भएको थियो।

प्रकाशित: Jan 25, 2020| 07:28 शनिबार, माघ ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।