शनिबार, साउन २३, २०८३

नेपालमा पनि भेटियो कोरोना भाइरसको संक्रमण

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ। चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं - नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ। चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।

चीनको उहान सहरबाट नेपाल फर्किएका ती विद्यार्थीमा भाइरसको संक्रमण भेटिएको हो। यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ।

ती विद्यार्थीको नमुना परीक्षणका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएको थियो। नमुना परीक्षणका क्रममा ती विद्यार्थीमा कोरोना भाइरस पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित: Jan 24, 2020| 18:56 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्