बुधबार, भदौ ३, २०८३

केटी जिस्काउने पक्राउ

बारामा महिलालाई जिस्काउने एकजना पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

बारा- बारामा महिलालाई जिस्काउने एकजना पक्राउ परेका छन्।

जिल्लाको कलैया उपमहानगरपालिका–१८ स्थित एक महिलालाई एनसेलका विभिन्न नम्बरहरुबाट फोन गरेको आरोपमा जिल्लाको देवताल गाउँपालिका–२ का २० वर्षीय अखिलेश यादव पक्राउ परेका हुन्।

उनीसँगै भारत बिहार पूर्वी चम्पारण मोतिहारी जिल्लाका १८ वर्षीय इन्दल यादव पनि पक्राउ परेका छन्।

उनीहरुले महिलालाई पटकपटक फोन गरेको, अश्लिल शब्द प्रयोग गरेको लगायतका उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरुलाई कलैया–१ बाट हिँडिरहेको अवस्थामा पक्राउ गरी जिल्ला प्रशासन कार्यालय बाराबाट अभद्र व्यवहारमा मुद्दामा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यस्तै साइकल चोरी गर्ने व्यक्ति पनि पक्राउ परेका छन्।

पर्साको पोखरिया नगरपालिका–६ सिरिसियाका ४५ वर्षीय सुरेन्द्र राउत कंकर साईकिल चोरेर लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्।

प्रकाशित: Jan 24, 2020| 18:05 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।