बुधबार, भदौ ३, २०८३

गाउँपालिका अध्यक्ष ८ लाख घुससहित पक्राउ

जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र सोही गाउँपालिकाकी उपाध्यक्षका श्रीमान चन्द्रबहादुर बस्नेत ८ लाख घुससहित पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

सुर्खेत- जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र सोही गाउँपालिकाकी उपाध्यक्षका श्रीमान चन्द्रबहादुर बस्नेत ८ लाख घुससहित पक्राउ परेका छन्।

गाउँपालिकाको वडा नं. ५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको रकम भुक्तानीको लागि उनीहरुले घुस माग गरेका थिए।

समितिबाट रकम भुक्तानीका लागि घुस माग गरेको सूचनाका आधारमा अख्तियारले रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले अध्यक्ष केसी वीरेन्द्रनगर–४ कटकुवा नजिकबाट घुस रकमसहित पक्राउ परेको जानकारी दिए।

अध्यक्ष केसी कर्णाली विकास परिषदको बैठक र राष्ट्रियसभाको मतदानका लागि सुर्खेत आएका थिए। समितिले घुस रकम दिने जानकारीपछि विकास परिषदको बैठक चलिरहदा बैठक छोडेर कटकुवा पुगेका थिए।

उनी स्थानीय निर्वाचनमा पूर्व माओवादीबाट निर्वाचित भएका हुन्। समाजको विकृति, भ्रष्टचार र खुसखोरीविरुद्ध बस्नेत तत्कालीन माओवादीले थालेको दश वर्षे बिद्रोहमा समेत पूर्णकालीन रुपमा सामेल भएका थिए।

उनीसँगै पक्राउ परेका बस्नेत जुनीचाँदे ११ मा रहेको जनता आधारभूत विद्यालयका शिक्षकसमेत हुन्। उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रकाशित: Jan 24, 2020| 17:44 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।