बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख सिफारिसमा असन्तुष्ट राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

सभामुख सिफारिसमा असन्तुष्ट राष्ट्रपतिका सल्लाहकार प्याकुरेलले दिए राजीनामा

राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन्। प्याकुरेलले शुक्रबार राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन्।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीको सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन्। प्याकुरेलले शुक्रबार राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका छन्।

प्याकुरेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्बोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर आफूले राजीनामा दिएको बताएका छन्।

प्याकुरेल पछिल्लो समय अग्‍नी सापकोटालाई सभामुख चयन गर्ने नेकपाको निर्णयप्रति आपत्ति जनाउँदै आएका थिए। झलनाथ खनाल प्रधानमन्त्री हुँदा मानव अधिकारवादीका तर्फबाट सुशील प्याकुरेल लगायतले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए। प्याकुरेलसँगै पत्रकार तथा प्रकाशक कनकमणि दीक्षित पनि पनि जोडिएका थिए। उनले दायर गरेको रिटमा फैसला भइसकेको छैन ।

मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई २०७४ चैत ९ गते राष्ट्रपतिले आफ्नो सल्लाहकार पदमा नियुक्त गरेकी थिइन्।

राजीनामा दिएको जानकारी दिँदै प्याकुरेलले भनेका छन्, 'लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो । हामीले ठुलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ । साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमूख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ।'

उनले राजनीतिक दलले गणतन्त्रलाई वलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाहरूको प्रभावकारिता एवम् सम्मान अभिबृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग रहनुपर्ने कुरामा जोडसमेत दिएका छन्।

प्याकुरेलले नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न राष्ट्रपतिको बिज्ञ सल्लाहकारको पदबाट राजीनामा गरेको बताएका छन्।

प्रकाशित: Jan 24, 2020| 14:48 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।