बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा–राजपा गठबन्धनलाई निरन्तरता दिनुपर्छः अध्यक्ष साह

नेकपा–राजपा गठबन्धनलाई निरन्तरता दिनुपर्छः अध्यक्ष साह

राष्ट्रियसभाको निर्वाचनमा नेकपा–राजपाका चारैजना उम्मेदवारलाई प्रदेश २ का जनताले निर्वाचित गरेर गठबन्धनलाई अनुमोदन गरेको दाबी अध्यक्ष साहको छ।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

जनकपुरधाम– नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहले प्रदेश २ का जनताले नेकपा र राजपा गठबन्धनलाई अनुमोदन गरेको भन्दै निरन्तरता दिनुपर्ने बताएका छन्।

राष्ट्रियसभाको निर्वाचनमा नेकपा–राजपाका चारैजना उम्मेदवारलाई प्रदेश २ का जनताले निर्वाचित गरेर गठबन्धनलाई अनुमोदन गरेको दाबी अध्यक्ष साहको छ।

‘हाम्रो पार्टीसँग राजपाले गठबन्धन निर्माण गर्दा एकथरीले मधेशी जनताको भावना विपरीत भएको भन्दै विरोध गरिरहेका थिए। तर गठबन्धनका चारै जना उम्मेदवारले गठबन्धनको भोटभन्दा दोबर मतले जीत हात पारे,’ अध्यक्ष साहले भने, ‘प्रदेश–२ को स्पष्ट जनादेश हो। यो जनादेश नेकपा–राजपा गठबन्धनको निरन्तरताको लागि पनि हो भन्ने बुझ्न जरुरी छ।’

नेकपा–राजपा मात्र नभई अन्य दलले पनि नेकपा राजपासँग मिल्ने निर्णयलाई समर्थन गरेको जिकिर गर्दै अध्यक्ष साहले भने, ‘नेकपा–राजपा गठबन्धनको कुल मत जोड्दा ५ सय जति मतभारको फरक मात्र छ। र, निर्वाचन नतिजा हेर्दा हाम्रो पार्टीको उम्मेदवारले करिब ५ सय मतभारकै फरकका साथ जित निकालेका छन्। जबकी राजपाका उम्मेदवारले झन्डै हजार मतभारको फरकले जित निकालेको हो। यसले के स्पष्ट पार्छ भने राजपाका उम्मेदवारलाई नेपाली कांग्रेस र समाजवादी पार्टीका मतदाताले पनि मत दिएका छन्। यसले गठबन्धनको औचित्यको थप पुष्टि गरेको छ।’

प्रकाशित: Jan 24, 2020| 13:33 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।