बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल एअरलाइन्समा पाइलटबीच चरम विभेद, २५ जनाले दिए सामूहिक राजीनामा

नेपाल एअरलाइन्समा पाइलटबीच चरम विभेद, २५ जनाले दिए सामूहिक राजीनामा

सेवा सुविधामा विभेद भएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् । विदेशी र नेपाली पाइलटबीच
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं- सेवासुविधामा विभेद भएको भन्दै नेपाल एअरलाइन्सका २५ जना पाइलटले सामूहिक राजीनामा दिएका छन् ।

विदेशी र नेपाली पाइलटबीच सेवासुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले व्यवस्थापनसमक्ष राजीनामा बुझाएका हुन् ।

व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने भए पनि बढी सेवा सुविधा विदेशी पाइलटलाई दिइएको उनीहरुको गुनासो छ ।

तीन महिनाको समय दिएर उनीहरुले सेवा सुविधाको विभेद अन्त्य नभए काममा नफर्किने चेतावनीसमेत दिएका छन्।

उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिएका छन् ।

सेवा सुविधाप्रति नेपाल एअरलाइन्समा पाइलटहरुले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए । उनीहरुले गत शुक्रवार राजीनामा बुझाएका हुन्।

 

प्रकाशित: Jan 24, 2020| 10:11 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।