बुधबार, भदौ ३, २०८३

बुहारीलाई छाउगोठ पठाउने जेठाजुलाई ४५ दिन जेल

जिल्ला अदालत, अछामले बुहारीलाई छाउगोठ पठाएको अभियोगमा दोषी ठहर गर्दै बिहीबार साँफेबगर–३ का छत्र रावतलाई ४५ दिन जेल पठाउने फैसला सुनाएको हो।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

अछाम– महिनावारी हुँदा छाउगोठ पठाएको भन्दै पहिलो पटक एक जनालाई जेल सजाय भएको छ।

जिल्ला अदालत, अछामले बुहारीलाई छाउगोठ पठाएको अभियोगमा दोषी ठहर गर्दै बिहीबार साँफेबगर–३ का छत्र रावतलाई ४५ दिन जेल पठाउने फैसला सुनाएको हो।

मुलुकी अपराध संहिताको धारा १६८ को ३ बमोजिम छत्रलाई सजाय सुनाइएको अदालतले जनाएको छ। अपराध संहितामा छुवाछुत गर्ने र गराउने दुवैलाई कानुनी कारवाहीको व्यवस्था छ।

गत मंसिर १५ गते छत्रकी बुहारी पार्वतीको छाउगोठमा ज्यान गएको थियो।

घटनापछि प्रहरीले पार्वतीलाई छाउगोठ पठाएको अभियोगमा उनका जेठाजु छत्रलाई पक्राउ गरेको थियो। पार्वतीका सासू–ससुरा र श्रीमान् घरमा छैनन्। 

सरकारले छाउपडी प्रथा उन्मुलनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउगोठ भत्काउने अभियान सञ्चालन गरिरहेको छ।

प्रकाशित: Jan 24, 2020| 10:12 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।