बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयल निगमले माग्यो ४८ कर्मचारी, कुन–कुन पदमा दरखास्त आह्वान ?

आयल निगमले माग्यो ४८ कर्मचारी, कुन–कुन पदमा दरखास्त आह्वान ?

नेपाल आयल निगमले विभिन्न पदका लागि ४८ जना कर्मचारी माग गरेको छ । आवेदन अनलाइनमार्फत आगामी फागुन २ गतेसम्म
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं- नेपाल आयल निगमले विभिन्न पदका लागि ४८ जना कर्मचारी माग गरेको छ ।

शुक्रबार गोरखापत्रमा विज्ञापन प्रकाशित गर्दै निगमले प्रवन्धकदेखि कम्युटर अपरेटरसम्मको आवेदन माग गरेको हो ।

उसले प्रशासन, लेखा र ल्यावका लागि तीन जना प्रवन्धक (आठौं तह) को माग गरेको छ। त्यस्तै उपप्रवन्धक (सातौं तह) सहायक प्रवन्धक (छैटौं तह)लगायत विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

आवेदन अनलाइनमार्फत आगामी फागुन २ गतेसम्म भर्न सकिने निगमले जनाएको छ । लिखित परिक्षाको कार्यतालिका फागुन २३ प्रकाशित गरिने जनाएको छ भने परिक्षा केन्द्र काठमाडौं नै हुने निगमले विज्ञापनमा उल्लेख गरेको छ ।

यस्तो छ आयल निगमको विज्ञापन

प्रकाशित: Jan 24, 2020| 09:53 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।