बुधबार, भदौ ३, २०८३

फेरि धुम्मियो आकाश, यस्तो हुनेछ तीन दिनको मौसम

पश्चिमी न्यून चापीय रेखाका कारण काठमाडौं उपत्यका लगायत देशका अधिकांश ठाउँको मौसम धुम्मिएको छ । तराईका अधिकाश र मध्यपूर्व र पश्चिम पहाडका
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडाैं- पश्चिमी न्यून चापीय रेखाका कारण काठमाडौं उपत्यका लगायत देशका अधिकांश ठाउँको मौसम धुम्मिएको छ ।

तराईका अधिकाश र मध्यपूर्व र पश्चिम पहाडका केहि स्थानको मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

अबको तीन दिन मौसम पूर्णरुपमा सफा नहुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । यद्यपी वर्षा नै हुने सम्भावना भने नरहेको महाशाखाकी मौसमविद् बिभूती पोखरेलले जानकारी दिएन् ।

उनका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हो। यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आकाशमा बादल लाग्ने भएकाले आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नदेखिएको उनले बताइन्।

मौसम बदलीका कारण दिनभर घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर जाडो बढ्ने मौसमविद् पोखरेलले बताइन्।

महाशाखाका अनुसार यतिखेर तराईका भु–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। पश्चिम र मध्य तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशको पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ भने मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

माघ १० गते (शुक्रबार)

दिउँसो: देशको पूर्वी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पूर्वी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ११ गते (शनिबार)

दिउँसो: देशका अधिकांश स्थानमा आंशिक बदली रहनेछ ।

राति: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकि स्थानमा सामान्यतया सफा रहनेछ।

माघ १२ गते (आइतबार)

दिउँसो: देशको मध्य र पूर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बदली रहनेछ।

राति: देशको मध्य र पूर्वि भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि स्थानमा आंशिक बदली रहनेछ।

 

प्रकाशित: Jan 24, 2020| 09:05 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।