बुधबार, भदौ ३, २०८३

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं- बागमती प्रदेश सरकारले आज (शुक्रबार) सार्वजनिक बिदा दिएको छ ।

तामाङ समुदायको चाड सोनाम ल्होसारका अवसरमा आज बागमती प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

बागमती प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै प्रदेश सरकारको गत पुस २७ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार आज सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यो बिदा बागमती प्रदेशभर लागु हुने भएपनि काठमाडौं उपत्यकाको हकमा भने लागु नहुने भएको छ । तर, प्रदेश सरकार मातहातका कार्यालयसहित सम्पूर्ण सरकारी कार्यालय, शिक्षालय, उद्योगधन्दामा यो बिदा लागु हुनेछ ।

केन्द्र सरकारले भने सार्वजनिक विदा दिएको छैन् । केन्द्र सरकारले प्रदेश सरकारलाई बढीमा एक वर्षमा ६ दिन बिदा दिन पाउने अख्तियारी दिएको छ ।

सोही अख्तियारी अनुसार प्रदेश सरकारले आफ्नो प्रदेशका महत्वपूर्ण धार्मिक, जातीय र सांस्कृतिक चाडपर्व अदिमा आवश्यकता हेरी बढीमा ६ दिनसम्म बिदा दिन पाउने व्यवस्था छ ।

प्रकाशित: Jan 24, 2020| 08:39 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।