बुधबार, भदौ ३, २०८३

स्थानीय तहमा कमाइभन्दा कर धेरै !

राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।
 |  शुक्रबार, माघ १०, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १०, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।

कान्तिपुर दैनिकले ‘स्थानीय तहमा अचाक्ली कर’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

“ताप्लेजुङको फुङलिङ नगरपालिकाकी चन्द्रकला श्रेष्ठका नाममा रहेको साढे ९ रोपनी जमिनको एकीकृत सम्पत्ति कर १० हजार २ सय रूपैयाँ थियो । पुस मसान्तसम्म तिरे छुट हुने भएकाले उनका छोरा राजेन्द्र र भूपेन श्रेष्ठले ९ हजार ५ सय रूपैयाँ तिरे । उनीहरू गत वर्ष यहीँ जग्गाको कर २ हजार ९ सय रूपैयाँ तिरेका थिए,” कान्तिपुरले लेखेको छ।

यस्तै, सोही दैनिकले अतिक्रमित जग्गा फिर्ता गरिँदै शीर्षकको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ। कान्तिपुरका अनुसार सरकारले ९ ठाउँको सरकारी तथा सार्वजनिक जग्गा किर्ते गरेर व्यक्तिका नाममा दर्ता गरेका विरुछ कारवाही प्रक्रिया अघि बढाएको छ।

नागरिक दैनिकले राष्ट्रिय सभा सदस्यको निर्वाचनसम्बन्धी समाचारलाई मुख्य बनाएको छ। नागरिकले ‘नेकपाका १६ र राजपाका दुई विजयी’ शीर्षक दिएर समाचार प्रकाशित गरेको छ।

यस्तै, नागरिकले कोरोला भाइरसको संक्रमणबाट जोगिन सरकारले तयारी नगरेको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ।

अन्नपूर्ण पोस्ट दैनिकले पनि राष्ट्रियसभा सदस्यको निर्वाचनसम्बन्धी समाचारलाई मुख्य बनाएको छ। अन्नपूर्णले ‘राष्ट्रियसभामा विपक्षी नाम मात्रको’ शीर्षक दिएर समाचार प्रकाशित गरेको छ।

नयाँ पत्रिका दैनिकले ‘बालुवाटार जग्गामा एक महिनाअघि नै अनुसन्धान पूरा, मुद्दा चलाउनुअघि सरकारको संकेत पर्खिँदै अख्तियार’ शीर्षकको समाचारलाई मुख्या बनाएको छ।

यस्तै, सोही दैनिकले नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानका ४० मध्ये २५ पाइलटले राजीनामा गरेको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ।

 

प्रकाशित: Jan 24, 2020| 06:44 शुक्रबार, माघ १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।