बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ को राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा नेकपा विजयी

प्रदेश ५ को राष्ट्रियसभा निर्वाचनमा सबै सिटमा नेकपा विजयी

राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सभाको तीनवटै सिटमा नेकपाका उम्मेदवार विजयी भएका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

भैरहवा- राष्ट्रियसभाको निर्वाचनमा प्रदेश सभाको तीनवटै सिटमा नेकपाका उम्मेदवार विजयी भएका छन्।

दाङमा सम्पन्न निर्बाचनमा नेकपा उम्मेदवार गोपाल भट्टराई, जगप्रसाद शर्मा र बिमला घिमिरे विजयी भएका हुन्।

अन्य सदस्यतर्फ नेकपाका गोपाल भट्टराई विजयी भएका छन्। भट्टराईले ५ हजार ३ सय ८२ मतभार प्राप्त गरेका छन्।

महिला सदस्यमा नेकपाकी उम्मेदवार विमला घिमिरे विजयी भएकी छन्। घिमिरे ५७७८ मतभार सहित विजयी भएकी छन्।

अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकबाट उम्मेदवार बनेका जगप्रसाद शर्मा विजयी भएका छन्। शर्माले ५ हजार ४ सय २४ मत ल्याए।

प्रदेशका १२ जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय १८ जना मतदाता रहेकोमा २ सय १७ मत खसेको थियो भने प्रदेशसभा सदस्यको संख्या ८७ रहेकोमा ८६ मत खसेको जिल्ला निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: Jan 23, 2020| 19:18 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।