बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : नेकपा-राजपा गठबन्धनका मृगेन्द्रसिंह यादव र शेखरप्रसाद सिंह विजयी

प्रदेश २ : नेकपा-राजपा गठबन्धनका मृगेन्द्रसिंह यादव र शेखरप्रसाद सिंह विजयी

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईको दुबै पदमा नेकपा-राजपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

जनकपुर - राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईको दुबै पदमा नेकपा-राजपा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। खुलातर्फ राजपाका मृगेन्द्रसिंह यादव विजयी भए। उनले कांग्रेस-समाजवादी गठबन्धनको समाजवादीका नेता अनिरुधप्रसाद सिंहलाई पराजित गरे।

यादवले ५४०० मतभार प्राप्त गर्दा समाजवादीका सिंहले ४५१२ मतभार पाए।

यसअघि दलित कोटाबाट नेकपा-राजपा गठबन्धनका राधेश्याम पाशवान र महिलाबाट सोही गठबन्धनकी तुलसा दाहाल विजयी भइसकेका छन्।

त्यस्तै अल्पसंख्यक समूहबाट राजपाका शेखरप्रसाद सिंह ५२०२ मतभारसहित विजयी। प्रतिद्धन्द्धी नेपाली कांग्रेसका भोला पंजियार ४११२ मत ल्याएर पराजित भए। 

प्रकाशित: Jan 23, 2020| 18:39 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।