बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदरसाका छात्रा पनि असुरक्षित, प्रिन्सिपलबाटै यौन दुर्व्यवहार

मदरसाका छात्रा पनि असुरक्षित, प्रिन्सिपलबाटै यौन दुर्व्यवहार

विराटनगर महानगरपालिका–८ अशोक चोकमा रहेको मदरसा रजा–ए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्राले प्रधानाध्यापकबाट आफूहरु यौन दुर्व्यवहारको शिकार भएको बताएका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

विराटनगर– विराटनगरस्थित एक मदरसाका प्रिन्सिपल (प्रधानाध्यापक)माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । मदरसामा अध्ययनरत दुई छात्राले प्रधानाध्यापकलाई दुर्व्यवहारको आरोप लगाएका हुन् ।

विराटनगर महानगरपालिका–८ अशोक चोकमा रहेको मदरसा रजा–ए मुस्तफा प्राथमिक विद्यालयमा अध्ययनरत दुई छात्राले प्रधानाध्यापकबाट आफूहरु यौन दुर्व्यवहारको शिकार भएको बताएका छन्।

मदरसाका प्रधानाध्यापक अमिरुद्दिनबाट यौन दुर्व्यवहार भएकाले कारबाही गर्न छात्राका आफन्तहरूले माग गरेका छन् । अमिरुद्दिनले मदरसामा अध्ययनरत कक्षा ५ र ६ का दुई छात्रालाई यौन दुर्व्यवहार गरेको उनीहरुको भनाइ छ ।

गृहकार्य सुनाउन कोठामा जाँदा अमिरुद्दिनले भित्रबाट कोठाको चुकुल लगाएर यौन दुर्व्यवहार गरेको पीडित छात्राको भनाइ छ । दुर्व्यवहार भएपछि पीडित छात्रा मदरसा जान मानेकी थिइनन् । आमाले मदरसा जान कर गरेपछि उनले आमालाई आफू पीडित भएको सुनाएकी थिइन् ।

यसअघि पनि प्रधानाध्यापकले मदरसाका छात्राको यौन शोषण गरेको बताइएको छ। यसअघि स्थानीयस्तरमै मिलापत्र गरेर घटना ढाकछोप गरिएकोमा अहिले पीडित छात्राले नै सार्वजनिक गरेका हुन्।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरीसमेत दर्ता गराएको छ । आरोपीविरुद्ध बाल यौन दुर्व्यवहारको मुद्दा चलाइने मोरङ प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 23, 2020| 18:29 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।