बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा निर्वाचन : कर्णालीमा नेकपाका शर्मा र विसी विजयी

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा नेकपाका शर्मा र विसी विजयी

राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपाका उम्मेदवार विजय भएका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

सुर्खेत- राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट नेकपाका उम्मेदवार विजय भएका छन्।

नेकपाका उम्मेदवार मायाप्रसाद शर्माले ३ हजार ६ सय १८ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका डिल्लीराम पाठकले १ हजार २६ मत ल्याए।

त्यस्तै नेकपाका अर्का उम्मेदवार सुमित्रा विसीले ३ हजार ६ सय ८४ मत ल्याइन्।

नेपाली काँग्रेसका उम्मेदवार गणेशकुमारी बस्नेत १ हजार २६ मत ल्याएको निर्वाचन अधिकृत डा. राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए।

खसेको कुल मतमध्ये दुई बदर भएको थियो।

कर्णालीमा कुल १ सय ९८ जनामध्ये १ सय ९५ जनाले मतदान गरेका थिए।

कर्णालीमा कुल मतदातामध्ये तीनजना मतदानमा सहभागी भएका थिएनन्।

प्रकाशित: Jan 23, 2020| 18:00 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।