जनकपुरधाम– राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश दुईमा बनेको नेकपा र राजपा गठबन्धनबाट तुलसा दाहाल विजयी भएकी छिन्। दाहालले ५२ सय ८ मत ल्याएकी छिन् भने उनको प्रतिद्वन्द्वी कांग्रेस–समाजवादी गठबन्धनकी नगिना यादवले ४७ सय ४० मत पाएकी छिन्।
प्रदेश दुईमा सबैभन्दा पहिले महिला कोटाको मतगणना सुरु भएको थियो । अहिले दलित कोटाको मतगणना जारी रहेको छ।