बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शुक्रबारको वार्ताका लागि तयारी गर्दै कांग्रेसकाे असन्तुष्ट समूह

शुक्रबारको वार्ताका लागि तयारी गर्दै कांग्रेसकाे असन्तुष्ट समूह

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउन सभापति शेरबहादुर देउवाले बुधबारबाट सक्रियता देखाएपछि आज असन्तुष्ट समूह छलफलमा जुटेका छन्।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं - नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद मिलाउन सभापति शेरबहादुर देउवाले बुधबारबाट सक्रियता देखाएपछि आज असन्तुष्ट समूह छलफलमा जुटेका छन्।

भोलि (शुक्रबार) बिहान सभापति देउवा र असन्तुष्ट पक्षबीच 'फाइनल' वार्ता हुने तयारी भएको छ। उक्त छलफलमा कुन–कुन एजेण्डामा कतिसम्म लचक हुने लगायतको विषयमा अहिले महामन्त्री शशांक कोइराला निवास महाराजगंजमा छलफल भइरहेको छ।

छलफलको सुरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसीलगायतका नेताहरु सहभागी भएपनि असन्तुष्ट समूहका केन्द्रीय समिति सदस्यहरु पनि थपिदै गएका छन्।

आज साँझसम्म प्याकेजमै सहमति गर्ने गरी छलफल अगाडि बढीरहेको एक केन्द्रीय सदस्यले बताए।

छलफलमा आगामी महाधिवेशनको क्यालेन्डर, विभाग तथा भातृ संस्थाहरुको गठनलगायतका विषय राखिएको छ।

यसअघि बुधबार साँझ देउवाले विवाद समाधानका लागि सहमति खोज्न वरिष्ठ नेता रामचन्द्र पौडेललगायतसँग छलफल गरेका थिए। आज आन्तरिक छलफल गर्ने र शुक्रबार सहमति गर्ने निष्कर्षमा देउवा र पौडेल पुगेका थिए।

भातृ संगठनको विवादमा यसअघि भएको सहमति कार्यान्वयन गर्न असन्तुष्ट पक्षको माग रहेको छ। जसअनुसार नेविसंघमा असन्तुष्ट पक्षको ४० र संस्थापनको ६०, तरुण दलमा असन्तुष्ट पक्षको ३५ र संस्थापनको ६५ प्रतिशत हुनेछ। तर, सिटौला पक्षले ४० प्रतिशत हिस्सा खोजेपछि विवाद बढेको थियो।

पार्टीभित्र विवाद बढेपछि मंसिर २६ बाट सुरु भएको केन्द्रीय समिति बैठक असन्तुष्ट पक्षले बहिस्कार गर्दै आएका छन्।

 

प्रकाशित: Jan 23, 2020| 16:52 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।