बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा तीनजनाले भोट हालेनन्

राष्ट्रिय सभा निर्वाचनः कर्णालीमा तीनजनाले भोट हालेनन्

अमेरिका गएकी नेपाली सम्पर्कविहीन छन्। गुरुङ मूर्ति चोरीको आरोपमा कारागारमा छन् ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

सुर्खेत। आज भएको राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा ९८.४८ प्रतिशत मत खसेको छ । सुर्खेतका निर्वाचन अधिकृत राजेन्द्रप्रसाद आचार्यका अनुसार कुल १९८ मतदाता मध्ये १९५ ले मतदाताले मतदान गरेका छन् ।

कर्णालीमा कुल मतदातामध्ये तीन जनामात्रै उपस्थित भएनन् । निर्वाचन कार्यालयका अनुसार कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका उपाध्यक्ष मल्लटासी गुरुङ र हुम्लाका नाम्खा गाउँपालिमका उपाध्यक्ष पेमा तामाङ मतदानमा उपस्थित नभएका हुन् ।

अमेरिका गएकी नेपाली सम्पर्कविहीन छन्। गुरुङ मूर्ति चोरीको आरोपमा कारागारमा छन् । तामाङ भने बिरामी भएका कारण मतदानमा सहभागी नभएको स्रोतले जनाएको छ। कर्णाली प्रदेशका ४० र स्थानीय तहका १ सय ५८ जना मतदाता रहेका थिए ।

प्रकाशित: Jan 23, 2020| 16:50 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।