बुधबार, भदौ ३, २०८३

साझालाई दिएको ३ अर्ब सरकारले ब्याजसहित फिर्ता लिने

सरकारले साझा यातायातलाई ३ सय बस किन्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ।
 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– सरकारले साझा यातायातलाई ३ सय बस किन्न दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ।

गत साउनमा मन्त्रिपरिषद् बैठकले साझा सहकारी संस्थालाई विद्युतीय बस किन्न उक्त रकम दिने निर्णय गरेको थियो। काठमाडौंको ट्राफिक व्यवस्थापनमा ठूला बस सहयोगी हुने भन्दै सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ दिने भनेकाे थियो।

तर, साझाले अहिलेसम्म बस किनेको छैन। साझाले बस नकिनेकाले पैसा फिर्ता लिने निर्णय गरिएको र अब सरकारले नै विद्युतीय बस किन्ने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

यसअघि सरकारले ३०० बिजुली बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ दिए पनि खरिद प्रक्रिया रोकिएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोजमा साझालाई पत्र काटेर खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो।

खरिद प्रक्रिया टुंगो नलागुञ्जेल साझाले सरकारबाट प्राप्त रकम बैंकमा राखेको थियो।

प्रकाशित: Jan 23, 2020| 15:42 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।