बुधबार, भदौ ३, २०८३

कोरोना भाइरस सर्पबाटः अध्ययन

 |  बिहीबार, माघ ९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ९, २०७६

काठमाडौं– चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको कारण सर्प रहेको हुन सक्ने एक अध्ययनले देखाएको छ।

चीनको पेकिङ विश्वविद्यालयस्थित जर्नल अफ मेडिकल भाइरोलोजीले गरेको अनुसन्धानका अनुसार मध्य तथा दक्षिणी चीन र दक्षिण एसियामा पाइने ताइवानी क्रेइट नामक कोब्रा प्रजातिको सर्पबाट उक्त भाइरस मानिसमा सरेको हो। यद्यपि, भाइरसको बारेमा धेरै प्रश्न अनुत्तरित भएको अध्ययनमा भनिएको छ।

चीनमा कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन स्थानीय सहरले यातायात, उडान आवतजावत बन्द गरी सावधानी अपनाउन थालेका छन्।

सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ । भाइरसको संक्रमणबाट १७ चिनियाँको मृत्यु भइसकेको छ ।

 

प्रकाशित: Jan 23, 2020| 15:37 बिहीबार, माघ ९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।