बुधबार, जेठ २७, २०८३

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउन स्वास्थ्य मन्त्रीको जोड

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाइनुपर्नेमा जोड दिएका छन्। मन्त्री ढकालले निर्माणधिन मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालय मातहत राखि प्रतिष्ठान बनाउनुपर्ने धारणा राखेका हुन्।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

धनगढी - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाइनुपर्नेमा जोड दिएका छन्। मन्त्री ढकालले निर्माणधिन मेडिकल कलेजलाई स्वास्थ्य मन्त्रालय मातहत राखि प्रतिष्ठान बनाउनुपर्ने धारणा राखेका हुन्।

National life

सुदूरपश्चिमका जिल्लाको भ्रमणमा रहेका मन्त्री ढकालले गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्दै यसलाई प्रतिष्ठान बनाए उचित हुने बताए। मन्त्री ढकालले मेडिकल कलेजको भौतिक प्रगतिबाट आफू सन्तुष्ट रहेको बताए। मेडिकल कलेजका लागि सरकार सम्पूर्ण सहयोग गर्न पनि तयार रहेको बताउँदै मन्त्री ढकालले कलेजले सुदूरपश्चिमका मात्रै नभई कर्णाली तथा पाँच नम्बर प्रदेशका नागरिकलाईसमेत सेवा पुर्‍याउने विश्वास व्यक्त गरे। हरेक प्रदेशमा एक/एकवटा प्रतिष्ठान बनाउने सरकारको लक्ष्य नै रहेको बताए।

स्वास्थ्यका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउँदै मन्त्री ढकालले सरकारले बिनियोजन गरेको रकम समयमै खर्च गरे आवश्यकताका आधारमा थप बजेट बिनियोजन गरिने बताए।

यस्तै उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले पनि मेडिकल कलेजलाई प्रतिष्ठानकै रुपमा विकास गरिनुपर्नेमा जोड दिए।

गेटा मेडिकल कलेजको भौतिक प्रगती करिब ७० प्रतिशत सम्पन्न भएको मेडिकल कलेज पूर्वाधार निर्माण समितिले जनाएको छ। शिक्षा मन्त्रालय मातहत मेडिकल पूर्वाधार निर्माण समिति भएकाले हाललाई पूर्वाधार निर्माणको मात्रै काम टुङ्गिएको पूर्वाधार विकास समितिका इन्जिनियर पवन रावलले बताए। मेडिकल कलेज निर्माणका लागि ९ वटा प्याकेज बनाएर काम थालिएको उनले बताए। हाल ७ वटा प्याकेज सम्पन्न हुन लागेको उनले जानकारी दिए।

Shivam cement

यसैबीच मन्त्री ढकालले गेटा आँखा अस्पताल तथा आर्युवेदिक अस्पतालकोसमेत अनुगमन गरेका थिए।

 

प्रकाशित: Jan 22, 2020| 19:56 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्