बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मनाङेले भने– झापड हान्दा मज्जा आउँछ, गुरुङले दिए जाहेरी

मनाङेले भने– झापड हान्दा मज्जा आउँछ, गुरुङले दिए जाहेरी

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन्।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं- गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेविरुद्ध अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङले प्रहरीमा जाहेरी दिएका छन्।

मनाङेले मंगलबार गुरुङलाई झपड हानेका थिए। त्यसपछि माननीय भएको भन्दै गुरुङले आफूले संयमता अपनाएको र त्यसविरुद्ध प्रहरीमा उजुरी दिने बताएका थिए। गुरुङले आज जिल्ला प्रहरी कार्यालयमा मनाङेविरुद्ध जाहेरी दर्ता गराएको जानकारी दिए।

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्षलाई झापड हानेपछि विवाद चुलिएको थियो।

यसैबीच मनाङेले बुधबार पत्रकार सम्मेलन गर्दै आफूले गुरुङलाई झापड हानेर सही काम गरेको दाबी गरेका छन्। गुरुङले भ्रष्टाचार गरेको भन्दै मनाङेले भने, 'ठगलाई मैले झापड नहानेर माला लगाइदिऊँ त ? यस्तो मान्छेलाई सबैले झापड हान्ने हो, मैले पनि हानें।'

'झापड किन हान्नुभएको नि ? अरु पनि त कानुनी बाटो छन्,' भन्ने सञ्चारकर्मीकाे जिज्ञासामा उनले आफूले दिएको झापड नै कानुन भएको बताए। उनले यसलाई ठूलो विषय बनाउन आवश्यक नभएको तर्क गरे। झापड हानेर सही गर्नुभएको हो? भन्ने प्रश्नमा उनले भने, ‘मलाई राम्रो लागेको छ। तपाईंलाई नराम्रो लागेको छ भने लेख्नुस् न यार !’

उनले आफू रावणतिरको परेकाले झापड हान्दा मज्जा आउने बताए। उनले पत्रकारलाई भने, ‘तपाईंहरु गान्धीतिरको हुनुहुँदो रहेछ, मचाहिँ रावणतिर परेँ, झापड हान्दा मज्जा आउँछ।'

प्रकाशित: Jan 22, 2020| 18:16 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।