बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुख निवासमा राष्ट्रियसभा अध्यक्ष, कहाँ बस्छन् सापकोटा ?

सभामुख निवासमा राष्ट्रियसभा अध्यक्ष, कहाँ बस्छन् सापकोटा ?

बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन भत्काइएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभा अध्यक्षको भवनमा सरेका थिए। प्रधानमन्त्री नै सरेपछि अध्यक्ष मिमिल्सिनालाई समस्या परेको थियो।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– बालुवाटारस्थित प्रतिनिधिसभाका सभामुखको निवासमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना बसेका छन्। अध्यक्ष तिमिल्सिना उक्त निवासमा बसेपछि नयाँ निर्वाचित हुने सभामुखलाई कहाँ राख्ने भन्ने विषयमा छलफल सुरु भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन भत्काइएपछि प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रियसभा अध्यक्षको भवनमा सरेका थिए। प्रधानमन्त्री नै सरेपछि अध्यक्ष मिमिल्सिनालाई समस्या परेको थियो।

सभामुख कृष्णबहादुर महरा यौन काण्डमा मुछिएपछि अध्यक्ष तिमिल्सिना सभामुखको निवासमा सरेका थिए। आइतबारसम्म प्रतिनिधिसभाले नयाँ सभामुख पाउने निश्चित भएको छ। यस्तो अवस्थामा नवनिर्वाचित सभामुखको निवास कहाँ राख्ने विषयमा सहरी विकास मन्त्रालयले खोजविन थालेको छ।

मन्त्रालयका अनुसार नयाँ सभामुखलाई कपुरधारा (लैनचौर)मा राख्नेबारे छलफल भइरहेको छ । तर, अन्य उपयुक्त स्थान भए त्यहाँ पनि राख्न सकिने मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार लैनचौरकै भवनमा नयाँ सभामुखलाई राख्ने तयारी भइरहेको छ। शुक्रबार नै संसद सचिवालयका कर्मचारीहरुले भवनको अनुगमन गरेका छन्।

प्रकाशित: Jan 22, 2020| 16:59 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।