बुधबार, भदौ ३, २०८३

१६ विशेषज्ञ चिकित्सकको १० औं तहमा बढुवा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ जना विशेषज्ञ चिकित्सकको दशौं तहमा बढुवा गरेको छ । मन्त्रालयमा बसेको बढुवा समिति बैठकले विशेषज्ञ चिकित्सहरुको बढुवा गरेको हो ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १६ जना विशेषज्ञ चिकित्सकको दशौं तहमा बढुवा गरेको छ । मन्त्रालयमा बसेको बढुवा समिति बैठकले विशेषज्ञ चिकित्सहरुको बढुवा गरेको हो ।

बढुवा हुने चिकित्सकहरुमा भरतपुर अस्पतालमा कार्यरत सर्जन डा. वैकुण्ठ अधिकारी र फिजिसियन डा. राजु बस्नेत, जनकपुर अस्पतालका ग्याष्टट्रोइनटेरोलोजिष्ट डा. रामदेव चौधरी, वीर अस्पतालमा कार्यरत ग्याष्टट्रोइनटेरोलोजिष्ट डा. जैनेन्द्र कुमार चौधरी, जनरल फिजिसियन डा. अनन्तभक्त उप्रेती, डा इन्डडेन्टिस्ट डा.रिमा जोशी रहेका छन् ।

यसैगरी अर्थोपेडिक डा. भद्र हमाल, कोशी अञ्चल अस्पतालका कन्सल्टेन्ट सर्जन रविन राज सिंह, कान्ति बाल अस्पतालका एनेस्थेसियोलोजिष्ट डा. कृष्ण प्रसाद भट्टराई, राष्ट्रिय ट्रमा सेन्टरमा न्युरो सर्जन रहेका डा. निलम कुमार खड्का र अर्थोसर्जन डा. सन्तोष पौडेल, महाकाली अञ्चल अस्पतालका अर्थोपेडिक सर्जन डा. रोजन ताम्राकार, गौर अस्पताल रौतहटका पेडियाट्रीसियन डा. नजाला खातुन, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, काठमाडौँमा कार्यरत रेडियोलोजिस्ट डा. सुबज भट्टराई, स्वास्थ्य सेवा विभाग टेकुका साइक्याट्रिक डा. बासुदेव कार्की र पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, पोखरामा कार्यरत इएनटी सर्जन डा. स्वस्ती शर्मा रहेका छन्।

प्रकाशित: Jan 22, 2020| 16:45 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।