काठमाडौं– प्रदेश ३ को नामाकरणमा राष्ट्रिय जनता पार्टी (राजपा)ले असहमति जनाएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश ३ को नाम बागमती राखेकोमा असहमति जनाएका छन्।
पहिचान पक्षधरको भावनालाई अवमूल्यन गरेको भन्दै यादवले असहमति जनाएका हुन्। पुस २७ गते प्रदेश ३ को नाम बागमती राखिएको छ भने राजधानी हेटौंडा कायम गरिएको छ।