बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उखु किसानको भुक्तानी नदिने सुगर मिलको आर्थिक कारोबार रोक्का

उखु किसानको भुक्तानी नदिने सुगर मिलको आर्थिक कारोबार रोक्का

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न विभागमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिएको छ । हालसम्म पनि ती उद्योग मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं। तीनवटा सुगर मिल्सको आर्थिक कारोबार रोक्का हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानहरुको रकम समयमा भुक्तानी नदिएको भन्दै उनीहरुको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गर्दै अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न विभागमा पत्राचार गर्ने निर्णय गरेको जानकारी दिएको छ । हालसम्म पनि ती उद्योग मन्त्रालयको सम्पर्कमा आएका छैनन् ।

ती सुगर मिलले उखु किसानसँग माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरे पनि अहिलेसम्म किसानको बक्यौता तिरेका छैनन् । सहमति मन्त्रालयको मध्यस्थतामा भएको थियो। लुम्बिनी सुगर मिलका सञ्चालक मनिष अग्रवालको मृत्यु भएको छ ।

अब कसले मिल चलाउने भन्नेमा मन्त्रालय नै बेखबर रहेको बताइएको छ । अन्नपूर्ण र इन्दिरा सुगर मिल राकेश अग्रवालको हो । राकेश भने अझै मन्त्रालयको सम्पर्कमा आएका छैनन्।

मन्त्रालयले सोमबार गृह मन्त्रालयलाई सम्पर्कमा नआएका सुगर मिलका सञ्चालकलाई सम्पर्कमा ल्याउनको लागि आग्रह गर्दै पत्रसमेत पठाइसकेको छ ।

प्रकाशित: Jan 22, 2020| 16:30 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।