बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १० बुँदे मागसहित मोर्चाद्वारा आम हड्तालसहितका कार्यक्रम सार्वजनिक

१० बुँदे मागसहित मोर्चाद्वारा आम हड्तालसहितका कार्यक्रम सार्वजनिक

थरुहट भूगोलमा रहेका सरकारी कार्यालयहरुमा थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरिएको छ भने प्रशासनिक क्षेत्रमा पूर्ण समानुपातिक व्यवस्था गर्न माग गरिएको छ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– १० बुँदे माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। थरुहट आन्दोलनकारीमाथि लागेको मुद्दा खारेजी र कैदी बन्दीहरुलाई आम माफीको माग गर्दै मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

टीकापुर घटनाका विषयमा छानविन गरेको लाल आयोगको प्रतिवेदन, गृह मन्त्रालयको प्रतिवेदन र सर्वदलीय प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ। यसैगरी, टीकापुर घटनापछि थारुहरुमाथि भएको आक्रमण र आगजनीका दोषीहरुलाई कारवाहीको माग गरिएको छ।

थारु संगठनहरुसँग भएको ६ बुँदे, १० बुँदे र १३ बुँदे सहमति कार्यन्वयनका लागि पनि मोर्चाले माग गरेको छ । थारु, आदिवासी, जनजातिहरुको पर्वको विदा कटौती भएको भन्दै बिदा दिनुपर्ने माग गरिएको छ। थारुहरुको प्रथाजनित मूल्यमान्यताहरुलाई कानुनी मान्यता दिनुपर्ने पनि मोर्चाको माग छ ।

थरुहट भूगोलमा रहेका सरकारी कार्यालयहरुमा थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरिएको छ भने प्रशासनिक क्षेत्रमा पूर्ण समानुपातिक व्यवस्था गर्न माग गरिएको छ।

यी माग सम्बोधन नभए आन्दोलनमा जाने मोर्चाको चेतावनी छ । आन्दोलनका कार्यक्रम अन्तर्गत माघ १४ गते प्रधानमन्त्री तथा नेताहरुलाई १५ दिने अल्टिमेटमसहितको ज्ञापनपत्र दिने, माघ १५ गतेदेखि प्रचारप्रसार गर्ने कार्यक्रम राखिएको छ।

माघ मसान्तसम्म समितिहरु गठन गर्ने, १८ गते धनगढीमा अन्तरक्रिया गर्ने, २४ गते कूटनीतिक नियोगहरुलाई जानकारी गराउने र २५ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने जनाइएको छ।

पहिचान पक्षधरहरुसँग सहकार्य गर्ने र फागुन १ बाट कैलालीको धनगढीमा आमरण अनसन बस्ने र काठमाडौंमा पनि अनसन गर्ने जनाइएको छ। फागुन २ गते धनगढीमा प्रदर्शन गर्ने र तीन दिने बन्द तथा आमहड्तालको घोषणा गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ। तीन दिने आम हड्तालको समीक्षा गर्दै अनिश्चितकालिन बन्द घोषणा गर्ने मोर्चाले जनाएको छ।

आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मोर्चाका नेता कुमार लिंग्देन, आरके खम्बु, नेपा पार्टी र आदिवासी जनजाति महासंघ लगायतले समर्थन जनाएका छन्।

प्रकाशित: Jan 22, 2020| 16:22 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।