बुधबार, भदौ ३, २०८३

डा. सिंह एआइजीमा बढुवा

नेपाल प्रहरीकी डा.आशा सिंह प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट (डिआइजी) प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआइजी) बढुवा भएकी छिन्। नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार डा.सिंह एआइजीमा बढुवा भएकी हुन्।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं - नेपाल प्रहरीकी डा.आशा सिंह प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट (डिआइजी) प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा (एआइजी) बढुवा भएकी छिन्। नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार डा.सिंह एआइजीमा बढुवा भएकी हुन्।

एआइजीमा बढुवा भएकी डा.सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे। बढुवा भएकी डा.सिंहलाई प्रहरी अस्पताल प्रमुखको जिम्मेवारी दिइएको छ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताए।

बढुवा भएकी डा. सिंहले त्रुटीरहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गरिन्।

 

प्रकाशित: Jan 22, 2020| 15:59 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।