बुधबार, भदौ ३, २०८३

धनुषाका १३ स्थानीय तहले पाएनन् अनुदान

जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका १३ स्थानीय तहमा चालू आर्थिक वर्षको अनुदान रकम निकासा भएको छैन।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

जनकपुरधाम उपमहानगरपालिकासहित धनुषाका १३ स्थानीय तहमा चालू आर्थिक वर्षको अनुदान रकम निकासा भएको छैन।

समयमा राजश्व नबुझाएका, लेखापरीक्षण नगराएका, नगर परिषद् लगायतका प्रक्रिाया पूरा नगरेका १३ वटा स्थानीय तहको प्रदेश तथा संघीय सरकारबाट हुनुपर्ने निकासा रोक्का भएको हो ।

प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिकासहित मिथिला नगरपालिका, कमला नगरपालिका, नगराइन नगरपालिका, बटेश्वर गाउँपालिका, औरही गाउँपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका, गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला बिहारी गाउँपालिका र हँसपुर नगरपालिकाका लागि चालू आर्थिक वर्षको अनुदान रकम निकासा हुन नसकेको हो।

कार्यालयले जनाएअनुसार सबैला नगरपालिका, सहिद नगरपालिका, विदेह नगरपालिका, धनौजी गाउँपालिका र लक्ष्मिनिया गाउँपालिकाले कार्यविधिअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेकोले चालु आर्थिक वर्षमा दिइने रकम निकासा भएको छ ।

प्रदेश–२ का कोष तथा लेखा नियन्त्रक विनोद गेलालले प्रदेश सरकारमार्फत निकास भएको बजेटको हरहिसाब नबुझाएका स्थानीय तहहरुमा चालू आर्थिक वर्षका लागि रकम निकासा रोक्का गरिएको बताए।

चालु आर्थिक वर्षको निकासा रोकिए पनि यसलाई अनुदान कटौती भन्न चहिँ नमिल्ने उनले बताए।

“अनुदान कटौतीका लागि मन्त्रालयले निर्णय गर्नुपर्छ, हामीलाई अहिलेसम्म यसबारे कुनै जानकारी आएको छैन,” उनले भने।

गत आर्थिक वर्षको वित्तीय विवरण पेश नगर्ने स्थानीय तहहरुमा यस वर्ष निकासा रोक्का भएको गेलालले बताए ।

“राजश्व विवरण पेश नगरेका, राजश्वको निश्चित हिस्सा प्रदेशमा नपठाएका, गाउँसभा नगरसभा नगरेका, प्रदेश सरकारको सशर्त अनुदानमार्फत खर्च हुन नसकेको रकम फिर्ता नगरेका स्थानीय तहहरुमा निकासा भएको छैन,” गेललाले भने।

कार्यविधिअनुसार वित्तीय विवरण पेश नगर्ने स्थानीय तहलाई पनि यसपटक अनुदान नपठाइको उनले जानकारी दिए ।

चालू आर्थिक वर्षको सात महिनासम्म प्रदेश र संघीय सरकारबाट अनुदान निकासा हुन नसकेका स्थानीय तहमा विकास निर्माणलगायतको कार्य प्रभावित हुने देखिएको छ ।

 

प्रकाशित: Jan 22, 2020| 13:36 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।