काठमाडौं– सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास गराइदिने भन्दै रकम लिने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले यातायात व्यवस्था कार्यालय स्वयम्भुबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा बाजुरा जुगाडा–६ घर भई स्वयम्भू बस्ने २५ वर्षीय मान बहादुर रोकाया र धादिङ निलकण्ठ नगरपालिका–४ घर भई स्वयम्भू बस्ने ३८ वर्षीय गणेश गुरुङ रहेका छन्।
पक्राउ परेकालाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि महानगरीय प्रहरी बृत्त, स्वयम्भूमा बुझाइएको ट्राफिक महाशाखाले जनाएको छ।