बुधबार, भदौ ३, २०८३

संयुक्त आन्दोलन घोषणा गर्दै पहिचानवादी

 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

काठमाडौं– पहिचान पक्षधरहरुले संयुक्त आन्दोलनको घोषणा गर्ने भएका छन्। बुधबार (आज) दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुले अनसनदेखि आम हड्तालसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेका हुन्।

थरुहट थारुवान राष्ट्रिय मोर्चाको अगुवाइमा घोषणा हुन लागेको कार्यक्रममा लक्ष्मण थारु, कुमार लिंग्देन, आरके खुम्बुलगायत नेताहरु सहभागी हुँदैछन्।

पहिचानको आधारमा १० जोड १ को आधारमा प्रदेशको पुनर्गठन, रेशम चौधरीको रिहाइ, संविधान संशोधन र पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको मधेश–थरुहट आन्दोलन अध्ययन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राखिएको छ।

हालसम्म थारु, मधेशी, आदिवासी जनजातिहरुसँग भएका सम्झौता कार्यान्वयन गर्न दबाब दिने स्वरुपको आन्दोलन घोषणा गर्न लागिएको मोर्चाले जनाएको छ।

बुधबारको आन्दोलन घोषणापछि अन्य शक्तिहरुसँग मिलेर आन्दोलनलाई सशक्त बनाइने मोर्चाका सदस्य शिताराम थारुले जनाए।

प्रकाशित: Jan 22, 2020| 10:59 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।