बुधबार, भदौ ३, २०८३

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ ।
 |  बुधबार, माघ ८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ ८, २०७६

चितवन- नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो ।

राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक आज बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो ।

सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो । एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भइरहेको छ ।

प्रकाशित: Jan 22, 2020| 09:04 बुधबार, माघ ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।